नियम ७८
बोलपत्रको माध्यमद्वारा खरिद गर्नु पर्ने
(१) दशलाख रुपैया“ भन्दा बढीको निर्माण
कार्य वा मालसामान वा अन्य सेवा खरिद गर्दा वोलपत्रको माध्यमद्वारा खरिद गर्नु
पर्नेछ ।
(२) बोलपत्रको माध्यमद्वारा खरिद गर्दा देहायमा उल्लिखित मध्येका विधिद्वारा
खरिद गर्र्नु पर्नेछ ः–
(क) एकल वा द्वी–चरण पद्दती,
(ख) राष्ट्रिय वा अन्तरराष्ट्रिय स्तर विधि,
(ग) पूर्वयोग्यता वा पश्चात् योग्यता (पोष्ट क्वालिफिकेशन) विधि ।